काठमाडौँ, १९ असार । प्रतिनिधिसभाका नवनियुक्त सचिव सुरेश अधिकारीले बुधबार सभामुख देवराज घिमिरेसमक्ष पद तथा गोपनीयताको शपथ लिनुभएको छ ।
राष्ट्रपति रामचन्द्र पौडेलले सभामुखको सिफारिसमा पूर्वसचिव अधिकारीलाई मंगलबार उक्त पदमा नियुक्त गर्नुभएको हो ।
त्यस अवसरमा संसद् सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेयलगायत अधिकारीहरूको उपस्थिति थियो ।