बढेको नुनको मूल्य लागु

20

काठमाडौँ, १९ असार । साल्ट ट्रेडिङ कर्पोरेसनले नुनको मूल्य बढाएको छ । बढेको मूल्य बुधबारदेखि लागु भएको छ । मंगलबार राति १२ बजेदेखि लागु हुने गरी नुनको मूल्य बढेको थियो ।

कर्पोरेसनको मंगलबार बसेको सञ्चालक समितिको बैठकले राति १२ बजेदेखि लागु हुने गरी नुनको मूल्य बढाएको हो ।

अब आयो नुन एक केजीको प्याकेटको २६ रुपैयाँ पर्नेछ । यसअघि उक्त नुनको मूल्य प्रतिकेजी २३ रुपैयाँ थियो ।

यस्तै, न्यू शक्ति नुनको मूल्य प्रतिकेजी १७ रुपैयाँबाट २० रुपैयाँ पुर्‍याइएको छ । भानु नुन प्रतिकेजी ९ रुपैयाँ यथावत छ ।

Share This:
सम्बन्धित खबर
Loading...