‘स्वदेशमै मतदानको राम्रो व्यवस्था नगर्नेले विदेशमा रहेकालाई कसरी गर्लान् ?’ [भिडिओ]

16

काठमाडौँ, १४ असार । निर्वाचन आयोगको प्रमुख आयुक्त दिनेशकुमार थपलियाले मतदानको व्यवस्था देशमै राम्रो नगर्नेले विदेशमा रहेकालाई मताधिकार दिन्छु भन्नु सान्दर्भिक नहुने बताउनुभएको छ ।

शुक्रबार काठमाडौँमा आयोजित निर्वाचनमा आन्तरिक र बाह्य आप्रवासनको प्रभाव विषयक कार्यक्रममा उहाँले संविधानले प्रदान गरेको मतदान अधिकारलाई संविधानले सुनिश्चित गर्ने र त्यही अन्तर्गत बनेको कानुनले त्यसलाई ग्यारेन्टी नगर्ने व्यवस्थाबाट निकास निकाल्न नसकिने बताउनुभयो ।

उहाँले भन्नुभयो,‘देशभित्र अथवा बाहिर रहेका कुनैपनि नागरिकको अन्तिम मतदाता नामावलीमा नाम छ । उसले आफ्नो वडामा गएर मत हाल्न सक्छ । एउटा गाउँपालिकामा जन्मिएर बाध्यतावस कुनै पेसा व्यवसाय वा रोजगारीका कारण अर्को ठाउँमा गएकालाई कसरी मतदानको व्यवस्था मिलाउन सक्छौँ भन्ने कुरा प्राथमिकतामा छ । तर, मतदानको व्यवस्था मिलाउन नसक्नेले संसारको जुनसुकै कुनामा भएका मानिसलाई पनि मताधिकार दिन्छु भनेर गुड्डी हाँक्दै हिँड्नु कत्तिको सान्दर्भिक होला ?’

त्यस्तै, उहाँले संविधानले प्रदान गरेको मतदान अधिकारलाई सुनिश्चित गर्ने त्यहीअन्तर्गत बनेको कानुनले त्यसलाई ग्यारेन्टी नगर्ने व्यवस्थाको निकास के हुने भन्ने पनि प्रश्न गर्नुभयो ।

उहाँले विदेशमा रहेका नेपाली मतदातालाई निर्वाचन प्रक्रियामा मताधिकार दिने विषयमा राजनीतिक दलहरुसँग छलफल भइरहेको भन्दै अहिले अधिकार दिइहाल्यो भने प्रतिनिधिसभाको समानुपातिकमा मात्र दिन सकिन्छ भन्ने निष्कर्षमा रहेको जानकारी दिनुभयो ।

Share This:
सम्बन्धित खबर
Loading...