रामेछापको खिम्ति बिर्तामा बस दुर्घटना हुँदा १० जना घाइते

37

रामेछाप, १४ असार । रामेछापको लिखु तामाकोसी गाउँपालिका–६ खिम्तिको बिर्ता लामपानीमा शुक्रबार बिहान बस दुर्घटना हुँदा १० जना घाइते भएका छन् ।

लिखु तामाकोसी गाउँपालिकाको गैरीबाट काठमाडौँ आउँदै गरेको गरेको अरनिको यातायातको बा५ख ५६२५ नम्बरको बस दुर्घटनामा परेको वडाध्यक्ष शिवप्रसाद न्यौपानेले जानकारी दिनुभयो । न्यौपानेका अनुसार बस सडकबाट तल खसेर रुखमा अडिएको छ ।

बसमा रहेका सबै यात्रीलाई बाहिर निकालिएको र घाइतेलाई उपचारको लागि खिम्ति प्राथमिक स्वास्थ्य केन्द्र तथा मन्थली पठाइएको न्यौपानेले बताउनुभयो । घाइतेमध्ये तीनका अवस्था गम्भीर रहेको उहाँले जानकारी दिनुभयो ।

बसको बाँया तर्फको टायर फिलिङ गरेको माटोमा फस्दा दुर्घटना भएको प्रहरीले जनाएको छ । घाइते सबैलाई उपचारको लागि मन्थली ल्याइएको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रवक्ता कौशल न्यौपानेले जानकारी दिनुभयो ।

Share This:
सम्बन्धित खबर
Loading...