चट्याङ लागेर विद्यालय जाँदै गरेका तीन बालिका गम्भीर घाइते

25

कैलाली, १२ असार । कैलालीमा बुधबार बिहान चट्याङ लागेर ३ बालिका गम्भीर घाइते भएका छन् ।

घोडाघोडी नगरपालिका–९ बुदेनी बस्ने तीन बालिका बिहान विद्यालय जाँदै गर्दा चट्याङ लागेर गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालय कैलाली प्रहरीले जनाएको छ ।

घाइते हुनेमा १० वर्षीया खिमा कठात, ९ वर्षीया सरस्वती भुल र ७ वर्षीय पारु कठात रहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी उपरीक्षक (एपसी) पदमबहादुर बिष्टले जानकारी दिनुभयो ।

‘मोहन्याम आधारभूत विद्यालय बुदेनीको गेटनजिक उहाँहरुलाई चट्याङ लागेको रहेछ उपचारका लागि घोडाघोडी अस्पताल लगिएको छ । तीनै जना गम्भीर हुनुहुन्छ, बाँकी विवरण आउन केही समय लाग्छ,’ बिष्टले भन्नुभयो ।

Share This:
सम्बन्धित खबर
Loading...