नेपाल आइडल विजेता परियारलाई प्रधानमन्त्रीको गितार उपहार

18

काठमाडौँ, १२ असार । नेपाल आइडल सिजन पाँचका विजेता करण परियारलाई प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बधाई तथा उपहार दिनुभएको छ ।

बुधबार बिहान परियारलाई प्रधानमन्त्री निवास बालुवाटार बोलाएर दाहालले बधाई दिँदै गितार उपहार दिनुभएको हो ।

यस्तै, उक्त भेटमा प्रधानमन्त्री प्रचण्डले खेल र संगीतका मुख्य मुख्य कार्यक्रमहरु आफूले हेर्ने गरेको उल्लेख मात्र गर्नुभएन उहाँले युवा पुस्ताका हरेक सुखदुःखमा आफू साथ रहने समेत बताउनुभयो ।

प्रधानमन्त्रीले विजेता परियारको सांगीतिक क्षेत्रमा निकै राम्रो सम्भावना उल्लेख गर्दै निरन्तर साधनामार्फत् देशको प्रतिष्ठा बढाउन मेहनत गर्ने विश्वास व्यक्त गरेको प्रचण्ड सचिवालयले जनाएको छ ।

Share This:
सम्बन्धित खबर
Loading...