सुविना श्रेष्ठको डकुमेन्ट्री ‘देवी’ न्युजिल्यान्डको ‘डक एज फेस्टिवल २०२४’मा

19

काठमाडौँ, ९ असार । पत्रकार सुविना श्रेष्ठद्वारा निर्देशित वृत्तचित्र ‘देवी’ न्युजिल्यान्डको डकुमेन्ट्री फेस्टिभलमा ‘डक एज फेस्टिवल २०२४’ मा एसिया प्रिमियरका लागि छनोट भएको छ ।

पत्रकार श्रेष्ठले निर्देशन तथा बिष्णु घिमिरे ‘कल्पित’ले छायांकन गरेको वृत्तचित्र ‘देवी’ यही जुन १९ देखि जुलाई १४ सम्म क्राइस्टचर्च, अकल्यान्ड र वेलिङ्टनमा सिनेमाघरहरूमा हुने डक एज फेस्टिभलमा प्रदर्शनका छनोट भएको हो ।

८० मिनेटको वृत्तचित्रले द्वन्द्वकालमा बलात्कारको शिकार भएका महिलाको न्यायका लागि माओवादी नेतृ देवी खड्काले गरेको संघर्ष र त्यसमा आउने उतारचढावलाई देखाएको छ ।

सशस्त्र द्वन्द्वको पृष्ठभूमिमा नेतृ खड्का १७ वर्षको उमेरमा पक्राउ परेकी थिइन् । माओवादीको अभियोगमा आफूलाई यातना दिइइएको र हिरासतमा बलात्कार गरेको विवरण उनले डकुमेन्ट्रीमा बताएकी छन् ।

अवसाद र सामाजिक तिरस्कारको सिकार भएकी खड्का त्यसपछि विद्रोहमा होमिइन् । उनी माओवादीबाट सांसद समेत बनिन् ।

निर्देशक श्रेष्ठले यी पात्रमार्फत सशस्त्र युद्धमा बलात्कृत भएर बाँचेकाको मर्मस्पर्शी कथा देखाउँछ । यो फिल्मले एउटा अभियान सिर्जना गर्न सहयोग गर्ने अपेक्षा निर्देशक श्रेष्ठले लिनुभएको छ । यो डकुमेन्ट्री यसअघि क्यानडामा वर्ल्ड प्रिमियर भइसकेको छ ।

Share This:
सम्बन्धित खबर
Loading...