जाजरकोटमा बाढीले बगाउँदा शिक्षकको मृत्यु

21

काठमाडौँ, ९ असार । जाजरकोटमा बाढीले बगाउँदा एक जना शिक्षकको मृत्यु भएको छ । शनिबार राति तारेचौर खोलामा एक्कासी आएको बाढीले बगाउँदा कुशे गाउँपालिकाको वडा नम्बर ९ पैंकका ईन्द्र बहादुर रोकायाको मृत्यु भएको गाउँपालिका उपाध्यक्ष देविका कुमारी सिंहले जानकारी दिनुभयो ।

‘उहाँको हिजो राति नै निधन भैसकेको रहेछ । अहिले पोस्ट मार्टमको लागि लैजाने तयारी भैरहेको छ’ उपाध्यक्ष सिंहले भन्नुभयो ।

उहाँका अनुसार शनिबार राति ११ बजेतिर खोलामा एक्कासी आएको बाढीले माछा मार्न अन्य गएका ६ जनालाई पनि बगाएको थियो ।

बाढीमा परी कुशे गाउँपालिकाका राजेन्द्रबहादुर शाही, पृथ्वीबहादुर शाही, खिमबहादुर शाही, जीवन जैसी, कुशे–१, तारेचौरका गोविन्द रावत र दीपेन्द्र बहादुर चलाउने सामान्य घाइते भएको उपाध्यक्ष सिंहले बताउनुभयो ।

तर, अन्यले पौडिएर ज्यान जोगाए पनि ३९ वर्षीय रोकाया भने मृत भेटिएका हुन् । रोकाया गाउँपालिकाकै वडा नम्बर–४ मा रहेको मालटाकुरा माध्यामिक विद्यालयका अंग्रेजी शिक्षक हुन् ।

Share This:
सम्बन्धित खबर
Loading...