काठमाडौँका यी स्थानमा आज र भोलि प्राधिकरणले विद्युत् आपूर्ति बन्द गर्ने

20

काठमाडौँ, ८ असार । काठमाडौँका केही स्थानमा आज र भोलि विद्युत् आपूर्ति केहीसमयका लागि बन्द हुने भएको छ ।

नेपाल विद्युत् प्राधिकरणले मातातीर्थ सबस्टेसनबाट आपूर्ति भइरहेका फिडरहरूमा विद्युत् सेवा शनिबार र आइतबा दुई दिन पाँच घन्टा आपूर्ति बन्द गर्ने जानकारी गराएको छ ।

मर्स्याङ्दी काठमाडौँ २२० केभी प्रसारण लाइन आयोजनाबाट निर्माण भएको मातातीर्थ २२० केभीको नयाँ कन्ट्रोल रुममा काम गर्नुपर्ने भएकाले विद्युत् आपूर्ति सेवा प्रभावित हुने भएको हो ।

प्राधिकरणले शनिबार मातातीर्थ, सतुंगल, मच्छेगाउँ, फर्पिङ फिडरअन्तर्गत बिहान १० देखि दिउँसो ३ बजेसम्म विद्युत् आपूर्ति बन्द हुने जनाएको छ ।

यस्तै, भोलि (आइतबार) पनि मातातीर्थ फिडरमा १० देखि १२, सतुंगल फिडर १२ देखि २, मच्छेगाउँ फिडर २ देखि ४ बजेसम्म र फर्पिङ फिडरमा ४ देखि ६ बजेसम्म विद्युत् आपूर्ति बन्द गर्ने सूचनामार्फत जानकारी गराएको छ ।

Share This:
सम्बन्धित खबर
Loading...