आज दशौँ अन्तर्राष्ट्रिय योग दिवस, विभिन्न कार्यक्रम गरी मनाइँदै

11

काठमाडौँ, ७ असार । आज दशौँ अन्तर्राष्ट्रिय योग दिवस नेपालसहित विश्वभर विभिन्न कार्यक्रम र सामूहिक योग गरी मनाइँदै छ । नेपालमा यो वर्ष ‘महिला सशक्तीकरणका लागि योग’ भन्ने नारा तय गरिएको छ ।

संयुक्त राष्ट्रसंघको महासभाबाट सन् २०१४ को डिसेम्बर ११ मा योग दिवस मनाउने प्रस्ताव पारित भएपछि सन् २०१५ को जुन २१ देखि यो दिवस मनाउन थालिएको हो ।

नेपालमा पनि योगाभ्यासलाई जोड दिन सरकारीस्तरबाटै विभिन्न प्रयास हुँदै छन् । यसपटक योग दिवस बनाउन संघीय सरकारले शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठको अध्यक्षतामा मूल समारोह समिति नै गठन गरेको छ । समितिले भक्तपुरको एसओएस बालग्राममा विशेष कार्यक्रमको आयोजना गरेको छ । सो कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहालसहित मन्त्री र सरकारका विशिष्ट अधिकारी सहभागी हुँदै छन् ।

कार्यक्रमअघि पेप्सीकोला, गठ्ठाघर, लोकन्थली र मध्यपुरथिमि चोकबाट बालग्रामसम्म प्रभावफेरि हुने शिक्षा मन्त्रालयले जनाएको छ । सरकारले निरन्तर योग गर्ने अभ्यासको बानी विकास गर्न आग्रह गर्दै आएको छ । यसअघि तत्कालीन गृहमन्त्री नारायणकाजी श्रेष्ठले सरकारी कार्यालयमा प्रवेश गरीपछि कर्मचारीहरुलाई पहिले योग र ध्यान गरेरमात्रै सेवा सुचारु गर्न निर्देशन दिनुभएको थियो ।

Share This:
सम्बन्धित खबर
Loading...