मस्को र प्योङयाङबीचको सात बुँदे सहमतिमा के छ ?

27

काठमाडौँ, ६ असार । रुस र उत्तर कोरियाले आफ्नो सार्वभौमसत्ता र सुरक्षालाई खतरामा पार्न सक्ने तेस्रो देशहरूसँग कुनै पनि सम्झौता नगर्ने प्रतिबद्धता जनाएका छन् ।

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको प्योङयाङको राजकीय भ्रमणका क्रममा हस्ताक्षर भएको बृहत् रणनीतिक साझेदारीमा यस्तो सहमति भएको रुसी समाचार एजेन्सी तासले जनाएको छ ।

पुटिनको भ्रमणमा दुइ देशले सात बुँदे सहमति जारी गर्दै कुनै पनि देशविरुद्ध आक्रामकताको अवस्थामा तत्काल पारस्परिक सहयोग प्रतिवद्धता पनि प्रकट गरेका छन् ।

देशहरुविरुद्ध आक्रामकताको खतराको अवस्थामा, आफ्ना स्थानहरू समन्वय गर्ने उपायहरूमा सहमत भएका छन् ।

रुस र उत्तर कोरियाले द्विपक्षीय व्यापारलाई बढावा दिन र आर्थिक सहयोगका लागि अनुकूल अवस्था सिर्जना गर्ने प्रयास गर्नेभएका छन् ।

त्यसैगरी मस्को र प्योङयाङ अन्तरिक्ष अन्वेषण, आणविक ऊर्जाको शान्तिपूर्ण प्रयोग, एआई, र आइटी क्षेत्रमा सहयोग विकास गर्न सहमत भएका छन् ।

दुइ देशले ‘विकृत सूचना र सूचना उत्तेजकहरू’ लाई रोक्न आमसञ्चारको क्षेत्रमा सहयोगलाई बलियो बनाउने पनि सहमति गरेका छन् ।

रसिया र उत्तर कोरियाले युद्ध रोक्न र शान्ति सुनिश्चित गर्न रक्षा क्षमतालाई बलियो बनाउन नयाँ उपायहरूको प्रणाली सिर्जना गर्ने सहमति गरेका छन् ।

Share This:
सम्बन्धित खबर
Loading...