व्यक्तिगत स्वार्थका लागि नियम मिच्ने प्रवृत्ति हाबी : ओली

21

काठमाडौँ, २७ जेठ । पूर्वप्रधानमन्त्री एवम् नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले व्यक्तिगत स्वार्थको लागि प्रकृति र जीवनका नियमहरुलाई पनि मिच्ने प्रवृत्ति देखिएको बताउनुभएको छ ।

काठमाडौँमा आइतबार आयोजित स्वयंसेवक, स्वास्थ्यकर्मी तथा कलाकारलाई धन्यवाद तथा सम्मान कार्यक्रममा उहाँले आज मानिसहरु अझ विद्वान र चलाख हुँदै गइरहेको अवस्थामा त्यो सँगै स्वार्थका लागि प्रकृति र जीवनका नियमहरुलाई पनि मिच्ने प्रवृत्ति देखिएको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘आज मानिस अझ विद्वान र चलाख हुँदै गइैरहेका छन् । र, त्यो सँगै स्वार्थी पनि भइरहेका छन् । त्यो स्वार्थले प्रकृतिका नियमहरु त्यो स्वार्थले कहीँ कहीँ स्वार्थवस् जीवनका नियमहरुलाई पनि मिच्न खोजेको हो कि जस्तो लाग्छ । त्यसैले पनि यो अवस्थामा आफ्नो इच्छाले गर्ने स्वयंसेवा महत्वपूर्ण छ ।’

अध्यक्ष ओलीले स्वयंसेवा पवित्र र पुण्य कार्यमा महान उद्देश्य भएका कार्यमा गरिने भन्दै पछिल्लो समय अन्धविश्वासले पनि स्वयंसेवामा प्रेरित भएको देखिएको टिप्पणी गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘स्वयंसेवा पवित्र कार्यमा पुण्य कार्यमा महान उद्देश्य भएका कार्यमा गरिने हो । अलिक वर्ता अन्धविश्वासले पनि स्वयंसेवामा प्रेरित भएको देखिन्छ । अलिक वर्ता बहकिएर पनि स्वयंसेवा गरेको देखिन्छ । जे सुकै भएर गरेता पनि स्वयंसेवाले मानिसको मन मस्तिष्कलाई पवित्र बनाउने काम चाहिँ गर्छ । हामी कुनै अन्यौलमा होइन । मन मष्तिष्कबाट स्वयंसेवा गर्नुपर्छ ।’

उहाँले पार्टीभित्र हुने प्राय कामहरु पार्टीका सदस्यहरुको स्वयंसेवाबाट नै हुने गरेको जिकिर गर्नुभयो ।

Share This:
सम्बन्धित खबर
Loading...