राष्ट्रसंघीय कमिटी सिडमा नेपालकी बन्दना राणा निर्वाचित

17

काठमाडौँ, २६ जेठ । राष्ट्रसंघको महिलाविरुद्ध हुने सबै प्रकारका भेदभाव अन्त्यसम्बन्धी विभेद उन्मूलन कमिटी (सिड)को सदस्यमा बन्दना राणा निर्वाचित हुनुभएको छ ।

शुक्रबार अमेरिकाको न्यूयोर्कमा भएको मतदानमा राणाले १४६ मत प्राप्त गर्नुभएको थियो । अब उहाँले आगामी सन् २०२५ देखि २०२८ सम्मका लागि कार्यभार सम्हाल्नु हुनेछ । उहाँ यसअघि पनि सोही कमिटीमा सदस्य हुनुहुन्थ्यो ।

ऐतिहासिक जितका लागि पाएको साथ सहयोगको लागि राणाले सबैप्रति कृतज्ञ भएको बताउनुभएको छ ।

उहाँले सामाजिक सञ्जाल फेसबुकमा भन्नुभएको छ, ‘ रातो र चन्द्र सूर्य जंगी निशान हाम्रो जिउँदो रगत सरी यो बल्दो यो शान हाम्रो । सबैभन्दा बढी भोट प्राप्त भयो (१४६) सबैको अपार शुभकामना र मायाको लागि हृदयदेखि कृतज्ञ छु ।’

२३ सदस्य रहने उक्त समितिले राष्ट्रसंघमा महिलाबारे विभिन्न राष्ट्रले जनाएका प्रतिबद्धता कार्यान्वयन गराउन कार्य गर्दछ । यस्तै, महिलाविरुद्ध हुने हरेक प्रकारका विभेदको बारेमा अनुगमन गर्नेदेखि विश्वव्यापी रुपमा महिलाले भोग्नुपरेका समस्याका बारेमा समेत समितिले कार्य गर्दछ । समितिको कार्यालय जेनेभामा रहेको छ ।

Share This:
सम्बन्धित खबर
Loading...