सरकार र काठमाडौँ महानगरपालिकाबीचको टकराव राम्रो होइन : सांसद केसी

57

काठमाडौँ, २४ जेठ । नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले सरकार र काठमाडौँ महानगरपालिकाबीचको टकराबले सरकारमाथि नै गम्भीर प्रश्न उठेको टिप्पणी गर्नुभएको छ ।

बिहीबर प्रतिनिधिसभाको बैठकमा शून्य समयमा बोल्दै उहाँले सरकार र महानगरपालिकाबीच देखिएको सडक भत्काउने र बनाउने ‘गाइजात्रा’ले सरकारमाथि नै गम्भीर प्रश्न उठेको भन्दै त्यसलाई समन्वय गरेर सरकारको दायित्व पूरा गर्न आग्रह गर्नुभयो ।

उहाँले भन्नुभयो,‘हालै संघीय सरकार र महानगरपालिकाबीच देखिएको सडक भत्काउने र बनाउने गाइजात्राले सरकारमाथि नै गम्भीर प्रश्न उठेको छ । त्यसैले तत्काल समन्वय होस् । सरकारी पक्षले अहंकार र झगडिया मानसिकता नबनाओस् । यसलाई समन्वय गरेर सरकारले आफ्नो दायित्व पूरा गरोस् ।’

Share This:
सम्बन्धित खबर
Loading...