आदिवासी र जनजातिका मुद्दाहरुलाई सम्बोधन गर्ने छु : उपसभामुख मगर

45

काठमाडौँ, २३ जेठ । उपसभामुख इन्दिरा राना मगरले आदिवासी र जनजातिका मुद्दाहरुलाई सम्बोधन गर्ने प्रतिबद्धता जनाउनुभएको छ ।

काठमाडौँमा बुधबार आयोजित चौथो आदिवासी जनजाति चलचित्र महोत्सव समारोहमा उहाँले आदिवासी जनजातिसम्बन्धी विधेयक मन्त्रालयसम्म मात्र पुगेको भन्दै सदनमा पुगेपछि आदिवासी र जनजातिका मुद्दाहरुलाई सम्बोधन गर्ने प्रतिबद्धता जनाउनुभएको हो ।

उहाँले भन्नुभयो, ‘यहाँहरुले आदिवासी जनजाति सम्बन्धी विधेयकको कुरा गर्नुभयो । कहाँ पुग्योभन्दा त्यहिँ मन्त्रालयसम्म मात्र पुगेको छ । हाम्रा कयौँ विधेयकहरु थाँती लागेर बसेका छन् । अब सदनसम्म कहिले पो आइपुग्ने । विधेयक संस्कृति पर्यटन मन्त्रालयमा होला यहँहरुले हुटहुटी गरेर त्यो विधेयकहरु सदनसम्म पुर्‍याउनुपर्‍यो म त्यहाँ छु । मैले पनि आदिवासी जनजातिका मुद्दाहरुलाई सम्बोधन गर्ने छु ।’

उहाँले आदिवासी र जनजातिका मुद्दाहरुलाई जबसम्म राजनीतिक रुपमा स्वीकृति हुँदैन तबसम्म आदिवासी र जनजातिहरु अगाडि बढ्न नसक्ने बताउनुभयो । आदीवासी जनजातिले गीतमा र संस्कृतिमा भुलिने मात्र नभई हरेक नेतृत्वमा सहभागि हुनुपर्ने उहाँको भनाइ छ ।

उहाँले भन्नुभयो,‘जबसम्म हाम्रो मुद्दाहरु र राजनीतिक रुपमा स्वीकृति हुँदैन । हामी पछि नै पर्न सक्छौँ । आज हरेक आदीवासी जनजातिले गीतमा र संस्कृतिमा भुलिने मात्र होइन । आफ्ना बालबालिकालाई पढाइमा खर्च गर्ने भाषालाई घरबाट नै सिकाएर संरक्षण गर्ने र हरेक नेतृत्वमा तपाईंहरु जानुपर्छ ।’

Share This:
सम्बन्धित खबर
Loading...