हिमाल संरक्षणको सन्देश फैलाउँदै सगरमाथा चढेर फर्किए डिजे तेन्जिङ

59

काठमाडौँ, १८ जेठ । नेपालकै पहिलो डिजे तेन्जिङ शेर्पाले हिमाल संरक्षणको सन्देश फैलाउँदै सगरमाथा आरोहण गर्नुभएको छ । जेठको दोश्रो साता क्याम्प–२ मा डिजे कन्सर्ट गर्दै सगरमाथाको चुचुरो उक्लिएका उहाँ शुक्रबार काठमाडौँ फर्किनुभएको हो ।

काठमाडौँमा उहाँलाई भव्य स्वागत गरिएको छ । सम्भवतः उहाँ सगरमाथा आरोहण गर्ने पहिलो डिजे हुन् । उहाँले क्याम्प–२ मा डिजे कन्सर्ट गरेर वर्ल्ड रेकर्ड बनाएको बताउनुभयो । ‘ग्लोबल वार्मिङ रोकौँ, हिमाल संरक्षण गरौँ’ भन्ने नारासहित उहाँले दुई महिना लगाएर सगरमाथा आरोहण गरेको बताउनुभयो ।

‘व्यक्तिगत उपलब्धि र रेकर्ड राख्नेभन्दा पनि अहिले जलवायु परिवर्तनका कारण विश्वलाई नै अफ्ठ्यारो परिरहेको अवस्था छ । यस्तोमा हिमालको संरक्षण गर्नुपर्छ भनेर एउटा चेतनामुलक अभियानको प्रारम्भकोरुपमा सगरमाथा आरोहण गरेको हुँ,’ उहाँले भन्नुभयो, ‘सोचेअनुरुप आफू सफल भएँ, एकदमै खुसी छु ।’

Share This:
सम्बन्धित खबर
Loading...