सञ्चार मन्त्रालयलाई ७ अर्ब ३५ करोड बजेट

17

काठमाडौँ, १५ जेठ । सरकारले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका लागि ७ अर्ब ३५ करोड बजेट विनियोजन गरेको छ ।

मंगलबार संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा आर्थिक वर्ष २०८१/८२ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री वर्षमान पुनले आव २०८१/८२ को बजेटमा सञ्चार मन्त्रालयलाई उक्त रकम विनियोजन गरिएको घोषणा गर्नुभयो ।

उहाँले एकद्वार प्रणालीबाट विज्ञापन वितरणको व्यवस्था गरिने, प्रेस स्वतन्त्रताको ग्यारेन्टीको व्यवस्था गरिने, लोक कल्याणकारी विज्ञापनलाई निरन्तरता दिने बजेट वक्तव्यमा राखिएको बताउनुभयो ।

Share This:
सम्बन्धित खबर
Loading...