कैलाश सिरोहियालाई थप ३ दिन हिरासतमा राख्न अनुमति

30

काठमाडौँ, ११ जेठ । कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया थप ३ दिन थुनामै रहने भएका छन् ।

जिल्ला अदालत धनुषाले थप ३ दिन थुनामै राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको हो । जिल्ला अदालत धनुषाका सूचना अधिकारी डम्बरप्रसाद घिमिरेले सिरोहियालाई अनुसन्धानका लागि ३ दिन म्याद थप गरेको बताउनुभयो ।

जिल्ला सरकारी वकिलको कार्यालयले ५ दिनको म्याद थप माग गरे पनि अदालतले ३ दिनका लागि मात्र म्याद थपेको छ ।

सिरोहियालाई गत मंगलबार प्रहरीले काठमाडौँबाट पक्राउ गरी धनुषा लगेर नागरिकतासम्बन्धी उजुरीको आधारमा अनुसन्धान गरिरहेको छ ।

नागरिकता किर्तेमा उनीमाथि प्रहरीले अनुसन्धान गरिरहेको छ ।

Share This:
सम्बन्धित खबर
Loading...