इरानमा हेलिकोप्टर दुर्घटना : हेलिकोप्टरमा सवार राष्ट्रपति र परराष्ट्रमन्त्रीसहित सबैको मृत्यु

12

काठमाडौँ, ७ जेठ । इरानी राष्ट्रपति इब्राहिम राइसी, विदेशमन्त्री र अन्य पदाधिकारीको हेलिकोप्टर दुर्घटनामा मृत्यु भएको सरकारी सञ्चारमाध्यमले पुष्टि गरेको छ ।

इरानको सरकारी समाचार एजेन्सी इरनाले अमेरिकामा बनेको बेल २१२ हेलिकोप्टर हिउँले ढाकिएको पहाडमा ठोकिँदा त्यसमा उडिरहेका राष्ट्रपति राइसीसहित सबैको मृत्यु भएको जनाएको छ ।

अजरबैजानको पूर्वी प्रान्तमा हेलिकोप्टरको भग्नावशेष फेला परेपछि राष्ट्रपति रायसी र विदेशमन्त्री होसेन अमीराब्दुल्लाहियानसहित सबै मारिएको पुष्टि भएको जनाइएको छ ।

६३ वर्षीय राइसी २०२१ मा राष्ट्रपतिमा निर्वाचित भएका थिए । पदभार ग्रहण गरेदेखि उनले नैतिकता कानुनलाई कडा पार्ने आदेश दिएका थिए ।

इरानमा राजनीतिक, सामाजिक र आर्थिक संकटको दायरालाई लिएर बढ्दो असहमतिको समयमा यो दुर्घटना भएको छ । इरानका धर्मगुरुहरूले तेहरानको विवादित आणविक कार्यक्रम र युक्रेनमा युद्धको क्रममा रुससँगको गहिरो सैन्य सम्बन्धलाई लिएर अन्तर्राष्ट्रिय दबाबको सामना गरिरहेका छन् ।

इरानको सहयोगी हमासले अक्टोबर ७ मा इजरायललाई गाजामा आक्रमण गर्न उक्साएपछि, इरान–सम्बन्धित समूहहरू संलग्न भएको आक्रोशहरू मध्यपूर्वमा फैलिएको छ ।

Share This:
सम्बन्धित खबर
Loading...