दुई दशक खेलेर सन्यास लिँदैछन् फुटबलर सुनील क्षेत्री

5

काठमाडौँ, ५ जेठ । भारतीय फुटबल कप्तान सुनील क्षेत्रीले एक महिनापछि अन्तर्राष्ट्रिय फुटबल खेलबाट सन्यास लिने घोषणा गरेका छन् ।

आउँदो महिना हुने विश्वकप छनोट खेलपछि सन्यास लिने क्षेत्रीले बताएका छन् । कुवेतविरुद्धको छनोट खेलपछि उनले देशको फुटबल खेलमा आफ्नो दायित्व पूरा हुने ठानेका छन् । त्यसपछि विश्राम लिने उनको चाहना छ ।

३९ वर्षीय क्षेत्रीले आगामी जुन ६ मा कुवेतविरुद्ध फिफा विश्वकप छनोट खेलपछि अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिने घोषणा गरेपछि उनलाई धन्यवाद दिनेहरुले शुभकामना पठाउन थालेका छन् । २० वर्ष टेकेपछि फुटबल मैदानमा उत्रिएका क्षेत्रीले १९ वर्षको करियरमा ९४ स्ट्राइकका साथ भारतको शीर्ष गोलकर्ता बनेर इतिहास बनाउन सफल भए ।

क्षेत्रीले भारतको सबैभन्दा धेरै क्याप गर्ने खेलाडीको रुपमा मैदान छोड्ने छन् ।

फिफाले क्षेत्रीलाई बधाई अर्पण गर्दै खेल जगतको तर्फबाट उनलाई सलामी पनि दिएको छ ।

Share This:
सम्बन्धित खबर
Loading...