क्रिकेट रंगशाला सरकारको उच्च प्राथमिकतामा

15

काठमाडौँ, १ जेठ । सरकारले चितवनको भरतपुरमा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालालाई तीनै तहको सरकारको साझेदारीमा निर्माण गर्ने जनाएको छ ।

मंगलबार संघीय संसदको संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममार्फत खेल क्षेत्र विकासको लागि सरकारले विशेष कार्यक्रम सञ्चालन गरिने बताउनुभयो ।

क्रिकेट रंगशाला पूर्वाधार निर्माण कार्यलाई सरकारले उच्च प्राथमिकतामा राख्ने समेत उहाँले उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो, ‘काठमाडौँको मूलपानी, मोरङको विराटनगर, कैलालीको फाप्ला क्रिकेट रंगशाला निर्माण कार्यलाई तिव्रता दिइने छ ।’

‘चितवनको भरतपुरमा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको निर्माण संघ, प्रदेश र स्थानीय तहको साझेदारीमा अघि बढाइने छ । कीर्तिपुर क्रिकेट मैदानको थप स्तरोन्नतिको कार्य प्राथमिकता साथ अगाडि बढाइने छ,’ पौडेलले भन्नुभयो ।

Share This:
सम्बन्धित खबर
Loading...