मन्त्रिपरिषद्‌बाट नीति तथा कार्यक्रम पारित

8

काठमाडौँ, १ वैशाख । सरकारले संसद्‌मा पेश गर्ने नीति तथा कार्यक्रम मन्त्रिपरिषद्को बैठकले पारित भएको छ ।

आज मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक गर्दै सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले राष्ट्रपतिले संसद्‌मा प्रस्तुत गर्ने नीति तथा कार्यक्रम मन्त्रिपरिषद्‌बाट पारित भएको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘राष्ट्रपतिले संसद्को संयुक्त बैठकमा प्रस्तुत गर्ने नीति कार्यक्रम मन्त्रिपरिषद्को बैठकले पारित गर्यो ।’

यसको साथै उहाँले आजको बैठकले आर्थिक वर्षको अगावै १६औँ पञ्चवर्षीय योजना परिमार्जनसहित पारित गर्ने निर्णय पनि गरेको जानकारी दिनुभयो ।

Share This:
सम्बन्धित खबर
Loading...