राप्रपा अध्यक्ष लिङदेनद्वारा ८९औँ पटक रक्तदान

6

काठमाडौँ, २२ वैशाख । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले ८९औँ पटक रक्तदान गर्नुभएको छ ।

पार्टी निकट युवा संगठनले पार्टी केन्द्रीय कार्यालय काठमाडौँमा आयोजना गरेको रक्तदान कार्यक्रममा सहभागी बनेका अध्यक्ष लिङदेनले आफूले नियमित रक्तदानमा सहभागीता जनाउने गरेको उल्लेख गर्नुभयो । उहाँले रगत दिएर अरुको जीवन बचाउने जस्तो महत्वपूर्ण कार्यमा आफू रमाउनले गरेको धारणा राख्नुभयो ।

रक्तदान गर्दै उहाँले भन्नुभयो, ‘म नियमित रक्तदाता हो । आज मेरो ८९ औं पटकको रक्तदान हो ।’

समय मिल्दा हरेक तीन महिनामा आफूले रक्तदान गर्दै आएको उल्लेख गर्दै उहाँले थप्नुभयो, ‘ रक्तदान जस्तो महत्वपूर्ण कार्यमा भाग लिन पनि पाउने र पार्टीका युवाहरुले यस्तो महत्वपूर्ण कार्यक्रम सञ्चालन गरिरहेका छन् उनीहरुलाई हौसला र प्रोत्साहन गर्न आज यहाँ सहभागी भए ।’

Share This:
सम्बन्धित खबर
Loading...