प्रेस स्वतन्त्रताबिना राजनीतिक अधिकार अपूर्ण हुन्छ : सञ्चारमन्त्री शर्मा

11

काठमाडौँ, २१ वैशाख । सूचना सञ्चार तथा प्रविधिमन्त्री रेखा शर्माले राजनीति र पत्रकारिता एउटै मिसनमा अघि बढ्न आवश्यक रहेको बताउनुभएको छ ।

शुक्रबार नेपाल पत्रकार महासंघको २७औँ महाधिवेशनका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले विगतमा पनि प्रेस स्वतन्त्रताबिना राजनीतिक अधिकार अपूर्ण हुने भएकाले राजनीति र पत्रकारिता सँगसँगै अगाडि बढ्दै आएको भन्दै अब पनि बद्लिएको व्यवस्था अनुकुल जनताको अवस्था बदल्न राजनीति र पत्रकारिता एउटै मिसनमा अघि बढ्न आवश्यक रहेको बताउनुभयो ।

उहाँले भन्नुभयो,‘राजनीतिक अधिकार बिना प्रेस स्वतन्त्रता सम्भव नहुने र प्रेस स्वतन्त्रताबिना राजनीतिक अधिकार अपूर्ण हुने भएकाले राजनीति र पत्रकारिता सँगसँगै अगाडि बढ्दै आएको छ । अब पनि राजनीतिक तथा प्रेस स्वतन्त्रताको अधिकारलाई थप स्थापित गर्दै बद्लिएको व्यवस्था अनुकुल जनताको अवस्था बदल्न राजनीति र पत्रकारिता एउटै मिसनमा अघि बढ्न अझै पनि आवश्यक छ ।’

उहाँले वर्तमान सरकारले अगाडि बढाएको सुशासनको प्रवर्धनमा नेपालको पत्रकारिता क्षेत्रले पुर्‍याएको योगदान प्रसंशनीय रहेको बताउनुभयो । प्रेस स्वतन्त्रलाई थप सुनिश्चीत गर्नेगरी विगत एक वर्षदेखि सञ्चारसँग सम्बन्धित कानुन निर्माण तथा पुरावलोकनको काम भइरहेको उहाँको भनाइ छ ।

Share This:
सम्बन्धित खबर
Loading...