‘सरकारले आइटी क्षेत्रलाई अझै प्राथमिकतामा राख्न आवश्यक ’

7

काठमाडौँ, २० वैशाख । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले विदेशी मुद्रा भित्र्याउन सक्ने सम्भावना बोकेको आइटी क्षेत्रलाई सरकारले प्राथमिकतामा राख्न जरूरी रहेको बताउनुभएको छ ।

बिहीबार काठमाडौँमा सातौं राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवसको अवसरमा आयोजित कार्यक्रममा उहाँले कारोबारहरूलाई अनलाइनमाध्यमबाट गर्नुपर्नेमा जोड दिएनुभयो ।

उहाँले अनलाइनबाट कारोबार गरे त्यो पारदर्शी हुने र सहज हिसाबले काम गर्ने वातावरण बन्ने उल्लेख गर्दै यो ठुलो लगानीबिनै विदेशी मुद्रा आर्जन गर्नसक्ने सम्भावना बोकेको आइटी क्षेत्रलाई सरकारले थप प्राथमिकता दिनुपर्ने बताउनुभयो ।

अध्यक्ष ढकालले भन्नुभयो, ‘आइटीको क्षेत्रमा हेर्दा हामी कतिपय पूर्वाधार, ठुलो लगानी नभइकन विदेशी मुद्रा भित्र्याउन सक्ने सम्भावना रहेको छ । यसलाई सरकारले अझै प्राथमिकतामा राखेर यो क्षेत्रमा लाग्नुपर्छ । हामीले जति पनि कारोबारहरू हुन्छ, कारोबारहरु पारदर्शी गर्ने हिसावमा पनि निजी क्षेत्रको तर्फबाट एउटा फेसलेस भनौँ, डिजिटल माध्यमबाट जानसक्यो भने पारदर्शिता हुन्छ । सहज हिसावले काम गर्ने वातावरण बन्छ । डिजिटल सिग्नेचरको कुरा हामीले उठाइरहेका छौँ । केही यसलाई अझै कार्यान्वनममा ल्याउन त्यत्तिकै महत्वपूर्ण छ ।’

यस्तै, उहाँले आइटी क्षेत्रलाई लगानी सम्मेलनमा प्राथमिकताका साथ सरकारले लिएकोप्रति खुसी व्यक्त गर्दै त्यो महत्वपूर्ण भएको समेत बताउनुभयो ।

Share This:
सम्बन्धित खबर
Loading...