कतारबाट पठाएको सुन अर्कैले लगेपछि …

14

काठमाडौँ, १८ वैशाख । वैदेशिक रोजगारीबाट घर फर्किँदा अर्काले पठाएको सुन बोकेका एक युवक कल्पनै नगरेको समस्यामा परेका छन् । प्रहरीले खोजी गरेर उनको उद्धार गरेपछि घटना बाहिर आएको हो ।

कतारबाट सोमबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल ओर्लिएका सप्तरीको राजविराज–१३ का सितेन्द्र यादव अपहरणको घटनामा परेका हुन् । घर फर्कन लाग्दा उनलाई कतारमा बस्ने मनसुर अलीले २५ ग्राम सुन दिई काठमाडौँ अवतरणपछि आफ्नो भतिज अजिम अलीलाई दिनु भनेका थिए । प्रहरीका अनुसार आफूलाई दिएको नम्बरमा काठमाडौँ अवतरणलगत्तै सितेन्द्रले फोन गरे । फोन रिसिभ गर्ने व्यक्ति आए र सुन लिएर गए । तर, त्यो सुन लिन नजिम पुगेका थिएनन् ।

अजिमले सितेन्द्रलाई नियन्त्रणमा लिए र सिनामंगलस्थित आफू बस्ने डेरामा जबर्जस्ती ल्याए । बन्धक बनाए, कुटपिट गरे । उक्त सुनबापतको ४ लाख ८० हजार माग गरे । सितेन्द्रका साथमा भएको राहदानी र नगद १७ हजार ७४० रुपैयाँ खोसे ।

अजिमले सितेन्द्रकी श्रीमतीलाई फोन गरेर ४ लाख ८० हजार दिए मात्र छाड्ने धम्की दिए । यादव परिवार आत्तियो । उनीहरुले प्रहरीलाई खबर गरे । त्यसलगत्तै प्रहरी सक्रिय भयो । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले मंगलबार बिहान सितेन्द्रलाई सिनामंगलबाट उद्धार गर्नुका साथै दुई जनालाई पक्राउ गर्‍यो ।

पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका ३ का २५ वर्षीय अजिम अली र सोही नगरपालिका वडा नम्बर ७ का २५ वर्षीय एमडी सनी अलाही रहेका छन् ।

Share This:
सम्बन्धित खबर
Loading...