नेपाल–चीनबीचको आर्थिक सम्बन्ध हिमाल जस्तै अटल छ : मन्त्री भण्डारी [भिडिओ]

4

काठमाडौँ, १७ वैशाख । काठमाडौँ र उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले नेपाल र चीनको दुईपक्षीय आर्थिक सम्बन्ध हिमाल जस्तै अटल रहेको बताउनुभएको छ ।

सोमबार काठमाडौँको भृकुटीमण्डपमा आयोजित १७औँ नेपाल–चीन व्यापार मेलाको समुद्घाटन कार्यक्रममा उहाँले चीनको स्थायित्व एकता समृद्धि सदैव नेपालको अन्तरमनको चाहना रहँदै आएको भन्दै नेपाल सदैव एक चीन नीतिको समर्थन रहँदै आएको र चीनको एकता एवम् अखण्डताप्रति मन, वचन र कर्मले प्रतिबद्ध रहेको बताउनुभयो ।

‘नेपाल र चीनको स्वशासित क्षेत्र हिमालको दुवैतर्फ विद्यमान व्यापारिक अवसरलाई सदुपयोग गर्ने हाम्रो व्यवसायिकहरुको कारण दुईपक्षीय आर्थिक सम्बन्धलाई पनि हिमाल जस्तै अटल बनाएको छ । वस्तु विनिमय प्रणालीबाट विकसित हुँदै आजको यस डिजिटल युगमा नेपाल र चीनको स्वशासित क्षेत्र सिचाङबीचको व्यापारिक सम्बन्ध आगामी दिनमा नयाँ उचाइमा पुग्ने मैले विश्वास लिएको छु,’ उहाँले भन्नुभयो,‘‘नेपाल र चीन सदैव सुख दुःखमा साथ दिने अनन्य मित्रको रुपमा छन् । चीनको स्थायित्व एकता समृद्धि सदैव नेपालको अन्तरमनको चाहना रहँदै आएको छ । नेपाल सदैव एकचीन नीतिको समर्थन रहँदै आएको र चीनको एकता र अखण्डतालाई मन वचन र कर्मले प्रतिबद्ध रहेको छ ।’

उहाँले दुई देशबीच व्यापार प्रवर्द्धन गर्ने महत्वपूर्ण औजारको रुपमा रहेको भन्दै यस्तो व्यापार मेलाले दुई छिमेकी देशहरुबीच व्यापार वृद्धि गर्न सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । व्यापारी समुदायलाई नयाँ क्रेता, नयाँ बजार र नयाँ व्यापार गन्तव्य पहल्याउन फलदायी हुने उहाँको भनाइ छ ।

Share This:
सम्बन्धित खबर
Loading...