एक किलो बढी सुन र झन्डै डेढ करोड रूपैयाँसहित ७ जना पक्राउ

28

काठमाडौँ, १४ वैशाख । उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले अवैध सुन र रकमसहित सात जनालाई पक्राउ गरेको छ । शुक्रबार पत्रकार सम्मेलनको आयोजना गर्दै १ हजार ७ ६८.२५ ग्राम सुन र डेढ करोड रुपैयाँसहित पक्राउ परेका सात जनालाई सार्वजनिक गरेको हो ।

पक्राउ पर्नेहरूमा तीन भारतीय नागरिक रहेका छन् भने चारजना नेपाली छन् । भारतीय नागरिकहरू अमूल विभूति, ऋषिकेश प्रकाश विभूति र गणेश बाल्टे रहेको डिएसपी सुरक्षा केसीले जानकारी दिनुभयो । यस्तै, नेपाली नागरिक भने दिनेश खरेल, आयुष बडु, भरतराज खरेल र गणेश दत्त बडु रहेका छन् ।

काठमाडौँ वडा नम्बर २४ मा केही व्यक्तिहरुले अवैध सुनको कारोबार गरिरहेको गोप्य सूचना दिएपछि खटिएको प्रहरी टोलीले खोजी गर्ने क्रममा दार्चुला महाकाली नगरपालिका वडा नम्बर ३ का ४७ वर्षीय गणेश दत्त बडुसहित सात जना व्यक्तिलाई सुन जस्तो देखिने पहेलो धातुको टुक्राहरु ९ थान, तौल १ हजार ७६८.२५ ग्राम र नगद १ करोड ४३ लाख ६० हजारसहित फेला पारी पक्राउ गरिएको पनि डिएसपी केसीले जानकारी दिनुभयो ।

Share This:
सम्बन्धित खबर
Loading...