‘पूर्णबहादुरको सारंगी’मा प्रकाश सपुत

31

काठमाडौँ, १४ वैशाख । सेभेन सिज इन्टरटेनमेन्टले निर्माण गर्न लागेको फिल्म ‘पूर्णबहादुरको सारङ्गी’मा गायक तथा कलाकार प्रकाश सपुत अनुबन्धित हुनुभएको छ ।

जेठको दोस्रो साताबाट छायांकनमा जाने तयारी गरेको फिल्मको निर्माण पक्षले सपुतसँग केही दिनअघि कागजी सम्झौता गरेको हो । उहाँको भूमिकाको बारेमा खुलाइएको छैन ।

सेभेन सिज सिनेमाजले निर्माण गर्ने फिल्ममा सरोज पौडेलको लेखन तथा निर्देशन रहनेछ ।

निर्माण पक्षले यसअघि फिल्मको नाम र थिम भिडिओ सार्वजनिक गरेको थियो । फिल्म २०८२ मा दर्शकमाझ आउनेछ ।

फिल्ममा विनोद पौडेल र प्याट्रिक सुवेदीको लगानी रहनेछ । प्रशान्त सिवाकोटीको संगीत रहने फिल्ममा महेश दवाडीको पटकथा तथा संवाद र रमेश चौलागाईं तथा हरि श्रेष्ठ कार्यकारी निर्माण रहनेछ ।

Share This:
सम्बन्धित खबर
Loading...