पाँच पटक भेटेपछि कतारी राजाको नेपाल भ्रमण तय भएको हो : राजदूत डा.ढकाल [भिडिओ]

19

काठमाडौँ, १३ वैशाख । नेपालका लागि कतारका राजदूत डा.नरेश विक्रम ढकालले कतारका अमिर शेख तमिम बिन हमाद अल थानीको नेपालमा राजकीय भ्रमण भब्यरुपमा सफल सम्पन्न भएको जानकारी गराउनुभएको छ ।

बिहीबार काठमाडौँमा पत्रकारको सम्मेलनको आयोजना गरी उहाँले वैशाख ११ र १२ गतेको कतारका अमिर शेख तमिम बिन हमाद अल थानीको नेपालमा राजकीय भ्रमण सफल रूपमा सम्पन्न भएको जानकारी गराउनुभएको हो ।

उहाँले भन्नुभयो,‘नेपालका सम्माननीय राष्ट्रपति महोदयको निमन्त्रणामा यही २०८१ वैशाख ११ र १२ गते कतारका अमिर शेख तमिम बिन हमाद अल थानीको नेपालमा राजकीय भ्रमण सफल रूपमा सम्पन्न भएको छ ।’

नेपाल भ्रमणका लागि प्रस्ताव गर्न आफूले दुई वर्षको अन्तरालमा पाँच पटकसम्म राजालाई भेटेको र भ्रमणको मिति तयर गरेको राजदूत डा.ढकालले बताउनुभयो । ‘भ्रमण पश्चात कतारलाई विकास साझेदार मित्र राष्ट्रका रुपमा अगाडि बढाउनका लागि मैले आगामी दुई वर्षलाई अवसर र चुनौतीको रुपमा लिएको छु । र मलाई विश्वास छ, नेपालका तर्फबाट गरिएका अपेक्षाहरु अधिकांश मेरै कार्यकालमा पूरा गराउने प्रतिवद्धता व्यक्त गर्दछु,’ उहाँले भन्नुभयो ।

त्यस्तै, पत्रकार सम्मेलनमा श्रमसम्बन्धी सम्झौतामा घरेलु कामदार र समय सापेक्ष कामदारका सेवा सुविधाहरु परिवर्तनका विषयमा छलफल जारी रहेको, लुम्बिनी र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अन्तर्राष्ट्रिय उडानका लागि कतार एयरलाइन्सको उडान गर्नका लागि अनुरोध गरिएको र त्यसलाई कतारले सकरात्मक रुपमा लिएको जानकारी गराइयो ।

भ्रमणका अवसरमा नेपाल सरकार, नेपाल उद्योग वाणिज्य महासंघ र कतार सरकार तथा कतार च्याम्बरका बीचमा एकआपसमा सहयोग आदान प्रदान गर्ने गरी ८ वटा समझदारी तथा सम्झौता भएको पनि उहाँले जानकारी गराउनुभयो ।

समझदारी तथा सम्झौता निम्न अनुसार छन् :
१.संस्कृति तथा कला
२. शिक्षा, उच्च शिक्षा र वैज्ञानिक अनुसन्धान
३.युवा तथा खेलकुद
४.नेपालको महान्यायाधिवक्ता र कतारको सरकारी अभियोजन (कसैको उपर फौजदारी मामिला चलाउने काम) बीच समझदारी
५.कूटनीति तालिम तथा शिक्षा
६.राष्ट्रिय समाचार समिति र कतार न्युज एजेन्सीबीच समाचार आदान प्रदानको सम्झौता
७.नेपाल उद्योग वाणिज्य महासंघ र कतार च्याम्बर लगानीसम्बन्धी पुनः समझदारी
८.नेपाल उद्योग वाणिज्य महासंघ र जोइन्ट विजनेश काउन्सिल (Joint Business Council), कतार समझदारी ।

Share This:
सम्बन्धित खबर
Loading...