अजित मिजारको हत्यारालाई कारबाही माग गर्दै प्रदर्शन

19

काठमाडौँ, १२ वैशाख । अजित मिजारको न्यायका लागि विभिन्न दलित संगठनहरुले सरकारको खबरदारी गरेका छन् ।

बुधबार एकीकृत दलित मुक्ति मोर्चा नेपाल, जात व्यवस्था उन्मूलन नेपाल, नेपाल राष्ट्रिय दलित केन्द्र र संयुक्त दलित अधिकार मञ्चले काठमाडौँको माइतीघरमा मिजारको हत्यारामा संलग्नलाई कारबाही र पीडित परिवारलाई न्यायका संयुक्त प्रदर्शन गरेका हुन् ।

खबरदारी कार्यक्रममा जात व्यवस्था उन्मूलन मोर्चा नेपालका सदस्य शान्तिशंखर गजमेरले दलितहरुमाथि धेरै हिंसा भए पनि राज्य निर्मम भएर पीडितहरुमाथि नै शासन चलाइरहेको आरोप लगाउनुभयो ।

उहाँले भन्नुभयो, ‘यो जात व्यवस्थालाई संरक्षण गर्ने यो राज्यले पीडितहरुको पक्षमा न्याय नदिने गरेको छ । यो अजितको मात्रै होइन, धेरै दलितहरुमाथि हत्या, हिंसा र बलात्कार जस्ता घटनाहरु हुन्छ । तर राज्य निर्मम भएर पीडितहरुमाथि नै शासन चलाउने व्यवस्थनको विरुद्ध हामी छौँ ।’

गजमेरले मिजारको न्यायका लागि ८ वर्षदेखि आन्दोलनरत रहेको भन्दै उहाँको परिवारले न्याय नपाउञ्जेलसम्म सडक आन्दोलन जारी राख्ने बताउनुभयो ।

यस्तै, अजित मिजारको बाबु हरिभक्त ढकालले मिजार ७३ सालमा भएको घटनामा हालसम्म पनि न्याय नपाउँदा सडकमा आउन बाध्य भएको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘अजितको आज सर्वोच्चमा तारिक थियो । त्यही कारणले म काठमाडौँ आएको थिएँ । तर फेरि जेठ २१ गतेलाई तारिक राखिदिएको छ । यस्तै, ताल हो भने अदालतले हामीलाई न्याय दिँदैन । न्याय दिने भए ७३ सालदेखि ८१ साल लागिसक्यो, अझैसम्म नपाएको न्यायको लागि सडकमा नै आउनुपर्ने बाध्य भएका छौँ ।’

अन्तरजातीय प्रेम विवाह गरेका काभ्रेका मिजारको ८ वर्षअघि धादिङमा हत्या भएको थियो ।

Share This:
सम्बन्धित खबर
Loading...