दिल्लीलाई हराउँदै हैदरावाद दोस्रो स्थानमा उक्लियो

8

काठमाडौँ, ९ वैशाख । इन्डियन प्रिमियर लिग (आइपिएल)मा बिष्फोटक ब्याटिङ गरेको सनराइजर्स हैदरावादले दिल्ली क्यापिटल्समाथि ६७ रनको शानदार जित निकालेको छ।

टस हारेर पहिला ब्याटिङको निम्तो पाएको हैदरावादले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर २६६ रनको चौथो ठुलो योगफल खडा गरेको थियो । जारी आइपिएल इतिहासमा पहिलो धेरै रन बनाउने टोली पनि हैदरावाद नै हो ।

पावरप्लेको ६ ओभरमा १२५ रन बनाएको हैदरावादका लागि ओपनरद्वय ट्राभिस हेड र अभिषेक शर्माले बिष्फोटक सुरुवात गरे ।

३२ बलको सामना गरेका हेडले ११ चौका र ६ छक्कासहित सर्वाधिक ८९ रनको पारी खेले भने १२ बलको सामना गरेका शर्माले २ चौका र ६ छक्का प्रहार गर्दै ४६ रनको योगदान गरे । यस्तै, शाहवाज अहमदले नटआउट ५९ रन, नितिश रेड्डीले ३७ रनको योगदान गरे।

दिल्लीका लागि कुलदीप यादवले सर्वाधिक ४, मुकेश कुमार र अक्षर पटेलले समान १ विकेट लिएका थिए ।

जवाफी ब्याटिङ गरेको दिल्ली भने १९.१ ओभरमा अलआउट भयो । विशाल रनको लक्ष्य पछ्याएको दिल्लीले १९९ रन मात्र बनायो ।

दिल्लीका लागि जेल फ्रेजर मक्गर्कले सर्वाधिक ६५ रनको पारी खेले । कप्तान ऋषभ पन्तले ४४ रन बनाएर आउट हुँदा अभिषेक पोरेलले ४२ रन जोडे ।

हैदरावादको लागि थांगासु नटराजनले ४ ओभरमा १ मेडनसहित १९ रन खर्चेर सर्वाधिक ४ विकेट लिए । मयंक मार्कण्डे र नितिश रेड्डीले पनि समान २–२ विकेट लिए ।

हैदरावाद ७ खेलमा ५ जितसहित १० अंक बटुल्दै दोस्रो स्थानमा उक्लिएको छ भने दिल्ली सातौँ स्थानमा छ ।

आइपिएलमा आज २ खेल हुँदै छ । दिउँसो पौने ४ मा कोलकता नाइट राइडर्स र रोयल च्यालेन्जर्स बेंगलुरु तथा बेलुका पौने ८ बजे पञ्जाब किंग्स र गुजरात टाइटन्सबीच प्रतिस्पर्धा हुने छ ।

Share This:
सम्बन्धित खबर
Loading...