एसिसी प्रिमियर कप : सेमिफाइनलमा नेपाल र युएई भिड्दै, यस्तो छ हेड टु हेड

33

काठमाडौँ, ७ वैशाख । ओमानमा जारी एसिसी प्रिमियर कप क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा नेपालले आज संयुक्त अरब इमिरेट्स (युएई)सँग प्रतिस्पर्धा गर्दै छ ।

नेपाल र युएईबीचको पहिलो सेमिफाइनल खेल नेपाली समयअनुसार बिहान ११ः४५ बजे सुरु हुने छ ।

प्रतियोगिताको दोस्रो सेमिफाइनल खेल पनि शुक्रबार नै आयोजक ओमान र हङ्कङबीच खेलिने छ । सेमिफाइनलमा विजयी हुने दुई टोलीबीच आइतबार फाइनल खेल खेलिने छ ।

नेपालका लागि युएई पुरानो प्रतिद्वन्द्वी हो । अघिल्लो वर्ष घरेलु मैदानमा आयोजित एसिसी प्रिमियर कपको पहिलो संस्करणको फाइनलमा पनि नेपाली टोलीले युएईलाई नै सात विकेटले हराउँदै उपाधि चुमेको थियो ।

त्यतिबेला फाइनलमा युएईलाई हराउँदै नेपाल एसिया कपमा पनि छनोट भएको थियो । प्रिमियर कपको त्यो संस्करण एकदिवसीय ढाँचामा खेलाइएको थियो ।

नेपाल र युएईबीच हालसम्म ९ वटा टी–२० अन्तर्राष्ट्रिय खेल खेलिएको छ । त्यसमध्ये पाँच खेलमा नेपाल र चार खेलमा युएई विजयी भएका छन् । घरेलु मैदानमा नेपालले तीन र युएईले एक खेल जितेका छन् ।

प्रतिद्वन्द्वीको घरेलु मैदानमा नेपालले दुई र युएईले एक खेल जितेका छन् । ‘न्यूट्रल भेन्यू’ मा भने युएईले दुई खेल जितेको छ ।

Share This:
सम्बन्धित खबर
Loading...