एन्फा उपाध्यक्ष दावा लामा रिहा

13

काठमाडौँ, ६ वैशाख । लागु औषध खैरो हिरोइन कारोवारमा संलग्न रहेको मुद्दामा बुधबार पक्राउ परेका अखिल नेपाल फुटबल संघ (एन्फा)का उपाध्यक्ष दावा लामा बिहीबार रिहा भएका छन् ।

लागुऔषध मुद्दामा पाँच वर्ष कैद सजाय सुनाइए पनि सर्वोच्च अदालतबाट उनले पहिले नै तारेखमा राख्नु भन्ने आदेश लिएको खुलेपछि लामालाई रिहा गरिएको प्रहरी स्रोतले जानकारी दिएको छ ।

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेर लामालाई बिहीबार उच्च अदालत पाटनमा पेश गरेको थियो ।

सो क्रममा लामाले सर्वोच्च अदालतबाट तारेखमा राख्नु भन्ने आदेश लिएको पेश गरेपछि उनलाई रिहा गरिएको हो ।

दावालाई उच्च अदालत पाटनले २०६४ जेठ २० गते दोषी ठहर गरेको थियो । उनलाई ५ वर्ष कैद र ५ हजार जरिवाना तोकिएको थियो ।

Share This:
सम्बन्धित खबर
Loading...