एसिसी प्रिमियर कप : नेपालको लगातार तेस्रो जित

40

काठमाडौँ, ३ वैशाख । ओमानमा जारी एसिसी प्रिमियर कप क्रिकेट प्रतियोगितामा नेपालले लगातार तेस्रो जित हासिल गरेको छ । सोमबार सम्पन्न खेलमा नेपालले हङकङलाई ८ विकेटले पराजित गरेको हो ।

टस हारेर पहिले ब्याटिङ गरेको हङकङले नेपाललाई ११५ रनको लक्ष्य दिएको थियो । हङकङ १७.५ ओभरमा अलआउट भएको थियो ।

नेपालले भने दुई विकेट गुमाएर १२.२ ओभरमा जित हासिल गरेको छ । नेपालको जितमा आशिफ शेखले ४० तथा कुशल भुर्तेलले ३२ रनको योगदान दिए । शेखले १८ बलमा ३ छक्का र ३ चौका हिर्काए भने भुर्तेलले १९ बलमा २ छक्का र ३ चौका प्रहार गरे ।

यसैगरी, कप्तान रोहित पौडेल २५ तथा सन्दीप जोरा १९ रनमा अविजित रहे ।

वर्षाका कारण निर्धारित समयभन्दा ढिलो सुरु भएकाले खेल १८–१८ ओभरमा झारिएको थियो ।

यसअघि नेपाली टोलीले आफ्नो पहिलो खेलमा मलेसियालाई पाँच विकेटले र दोस्रो खेलमा कतारलाई ३२ रनले हराएको थियो । नेपाली टोली ६ अंकसहित समूह ‘ए’ तालिकाको पहिलो स्थानमा छ ।

Share This:
सम्बन्धित खबर
Loading...