काठमाडौँ, ३ वैशाख । अभिनेता राजेश हमाल पछिल्ला दिनमा देश विदेशमा हुने विभिन्न कार्यक्रम तथा म्युजिक भिडिओ र विज्ञापनहरुमा व्यस्त हुनुहुन्छ ।
नयाँ वर्ष २०८४ मा नयाँ फिल्ममा आउने बताउनुभएका हमालले बुधबार बबरमहलमा घोडामा चढेर एउटा ट्राफिक सचेतनामूलक टिभी विज्ञापनमा अभिनय गर्नुभयो ।
अभिनेता हमाल क्यानाडा अध्ययनका लागि गोरेटो कन्सल्ट्यान्सीको ब्राण्ड एम्बेसडर बनेसँगै उहाँले एक वर्षसम्म गोरेटो कन्सल्ट्यान्सीका विभिन्न पोजेक्टमा काम गर्ने कुरा प्रबन्धक निर्देशक धिरज कँडेलले जानकारी दिनुभयो ।
सामाजिक उत्तरदायित्व अन्तर्गत यो विज्ञापन ट्राफिक सचेतनाका निम्ति निक्कै नै प्रभावकारी हुनेमा राजेश स्वयम विश्वस्त देखिनुभएको छ । सामाजिक उत्तरदायित्वअन्तर्गत विज्ञापन ट्राफिक सचेतनाका निम्ति निक्कै नै प्रभावकारी हुनेमा आफू विश्वस्त रहेको कँडेलले राजेश हमाललाई अहिलेसम्मकै उत्कृष्ट अवतारमा उतारेको पनि जनाउनुभयो ।
अभिनेता हमाल स्वयम् पनि उच्च शिक्षाका लागि विदेशमा पढेका एक वौद्धिक व्यक्तित्व भएका कारण उहाँको यो विज्ञापन प्रभावकारी बन्ने अर्का एड्भाइजर राम खड्काले बताउनुभयो । खड्काले क्यानाडा अध्ययन गर्न नेपालमा भरपर्दो शैक्षिक परामर्शदाताका रुपमा परिचित भएको गोरेटो कन्सल्ट्यान्सीले बेलाबेलामा यस्ता सामाजिक सचेतनाका लागि विभिन्न कार्यहरु गर्ने बताउनुभयो ।
त्यस्तै गोरेटोका चर्चित परामर्शदाता प्रकाश रेग्मी पनि निक्कै नै उत्साहित देखिनुभएको छ । क्यानाडाले हालसालै अन्तर्राष्ट्रिय विद्यार्थी लक्षित केही नीतिमा परिमार्जन गरेको र उक्त नीति विद्यार्थीहरुको क्यानाडा बसाइ राम्रो बनोस् भन्नका लागि नै बनाएको बताउनुभयो ।
आफू डेनमार्कमा अध्ययन गर्नुभएकाका रेग्मी अन्तर्राष्ट्रिय अनुभव लिन र बदलिँदो विश्व परिवेशमा क्यानाडा जस्तो उत्कृष्ट गन्तव्यमा पढ्न र सकभर नेपाल फर्किएर देशको लागि केही गर्नका लागि युवाहरुलाई अनुरोध गर्नुभएको छ । महानायक हमालले एक वर्षसम्म गोरेटोसँग जोडिएर काम गर्नुहुनेछ ।