नेपाल र हङकङ भिड्दै

29

काठमाडौँ, ३ वैशाख । एसिसी प्रिमियर कपमा आज नेपालले तेस्रो खेल हङकङसँग खेल्ने भएको छ । ओमानको अल अमेरत क्रिकेट मैदानमा खेल बिहान ११ः४५ बजेदेखि शुरु हुनेछ ।

आज नेपालले हङकङविरुद्ध जित निकाले नेपालले सेमिफाइनलको यात्रा तय गर्ने छ । समूह ‘ए’ मा रहेको नेपाल चार अंकका साथ समूह ‘ए’को शीर्ष स्थानमा छ । यो समूहमा साउदी अरब, मलेसिया, हङकङ र कतार छन् ।

नेपालले पहिलो खेलमा मलेसियासँग पाँच विकेटले र दोस्रो खेलमा कतारसँग ३२ रनको जित निकाल्दै दुवै खेलमा विजयी भएको थियो । हङकङ पहिलो खेलमा कतारसँग २६ रनले विजयी भएको थियो । यस्तै, दोस्रो खेलमा भने साउदी अरबसँग ५५ रनले पराजित भएको थियो ।

समूह ‘ए’ मा हङकङ दुई अंकका साथ चौथो स्थानमा रहेको हङकङ पनि आज नेपाल विरुद्ध जितको खोजिमा हुनेछ । यस्तै, हङकङविरुद्ध जित निकाल्दै सेमिफाइनल पुग्ने लक्ष्यका साथ नेपाली टोली मैदान प्रवेश गर्नेछन् ।

नेपाल र हङकङबीच हालसम्भ भएका ९ वटा अन्तर्राष्ट्रिय टी–२० खेलमा दुवै टोलीले ४÷४ खेलमा जित निकालेका छन् । एउटा खेल भने वर्षाको कारण रद्द भएको थियो ।

Share This:
सम्बन्धित खबर
Loading...