एसिसी प्रियिमर कपमा नेपालको विजयी सुरुवात

70

काठमाडौँ, ३० चैत । एसिसी प्रिमियर कपमा नेपालले विजयी सुरुवात गरेको छ । शुक्रबार भएको खेलमा नेपालले मलेसियालाई पाँच विकेटले हराउँदै विजयी सुरुवात गरेको हो ।

मलेसियाले दिएको १४४ रनको लक्ष्य नेपालले १९.२ ओभरमा पूरा गर्‍यो । नेपालका लागि कुशल भुर्तेलले २४ रन बनाए । त्यस्तै आरिफ शेखले ३५ बलमा चार चौकासहित ३२ रनको योगदान दिए । त्यस्तै कप्तान रोहित पौडेलेले २८, दिपेन्द्र सिंह ऐरीले २० र कुशल मल्लले ७ रन बनाए ।

मलेसियाका लागि विरनदीप सिंहले ३, मोहम्मद वाफिक र पवनदीप सिंहले एकएक विकेट लिए ।

त्यसअघि टस जितेर पहिला ब्याटिंग गरेको मलेसियाले २० ओभरमा ३ विकेट गुमाउँदै १४३ रन बनाएको हो ।
मलेसियाका लागि कप्तान भिरनदीप सिंहले सर्वाधिक ६८ रन बनाए भने शर्विन मुनियान्डीले ४१ रन बनाएका थिए । त्यस्तै मुहमद अमिरले १६ रन बनाएका थिए ।

नेपालका लागि दीपेन्द्र सिंह ऐरीले २ तथा अभिनास बोहराले एक विकेट लिए ।

Share This:
सम्बन्धित खबर
Loading...