लुम्बिनीमा नयाँ मुख्यमन्त्रीको शपथग्रहण आज

49

काठमाडौँ, २५ चैत । लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्री जोखबहादुर महराले आज पद तथा गोपनीयताको शपथग्रहण गर्दै हुनुहुन्छ । प्रदेश प्रमुखको कार्यालयमा आइतबार शपथ ग्रहणको कार्यक्रम राखिएको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ ।

मुख्यमन्त्री महराले आजै सानो आकारको मन्त्रीमण्डल गठन गर्ने तयारी रहेको नेताहरूले बताएका छन् । केन्द्रीय राजनीतिमा आएको फेरबदलका कारण तत्कालीन मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले राजीनामा दिएपछि पाँच राजनीतिक दलका ४७ र एक स्वतन्त्र गरी ४८ सांसदको समर्थनमा महरा मुख्यमन्त्री बन्नुभएको हो ।

नेकपा (माओवादी केन्द्र) प्रदेशसभा दलका नेता उहाँलाई मुख्यमन्त्री बनाउन नेकपा (एमाले), नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी र स्वतन्त्र सांसद खड्ग बस्नेतले समर्थन गरेका हुन् ।

Share This:
सम्बन्धित खबर
Loading...