नेपाल ‘ए’ र आयरल्यान्ड वुल्भ्सबीचको अन्तिम खेल आज

14

काठमाडौँ, २५ चैत । काठमाडौँमा जारी एक दिवसीय क्रिकेटमा आज नेपाल ‘ए’ र आयरल्यान्ड वुल्भ्सबीच अन्तिम खेल हुँदै छ । खेल बिहान साढे ९ बजे त्रिवि क्रिकेट मैदानमा सुरु हुनेछ ।

यसअघि भएका दुई खेलमा नेपाल पहिलो खेलमा २१ रन र दोस्रोमा ११४ रनले आयरल्यान्डसँग पराजित भएको थियो । दुवै खेलमा नेपाल अल आउट भएको थियो ।

१५८ रनको लक्ष्य पछ्याएको नेपाल पहिलो खेलमा १३६ रनमा अल आउट हुँदा १७५ रनको लक्ष्य पछ्याएको दोस्रो खेलमा नेपाल ६० रनमै समेटिएको थियो ।

आज आयरल्यान्ड दिवसीय क्रिकेटको अन्तिम खेल पनि क्लिन स्विप गर्ने लक्ष्यका साथ मैदान प्रवेश गर्दा नेपाल भने सान्त्वना जितको खोजीमा हुनेछ ।

Share This:
सम्बन्धित खबर
Loading...