‘रामायण’की सीता नेपालमा, रामको गरिन् प्रशंसा

13

काठमाडौँ, २४ चैत । चर्चित भारतीय धाराबाहिक श्रृंखला ‘रामायण’मा सीता माताको भूमिका निर्वाह गर्ने अभिनेत्री दीपिका चिखलियाले रामायण नीति कथाबाट धेरै कुराको ज्ञान लिन सकिने बताउनुभएको छ ।

शनिबार काठमाडौँमा जनजाति कल्याण आश्रम नेपालद्वारा सञ्चालित आमाको माया छात्रावासको १४औँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्नुहुँदै दीपीकाले रामायणबाट भगवान राम एक असल पुत्र, भाइ र श्रीमान् हुनुहुन्थ्यो भन्ने कुराको जानकारी कथा रामायणले प्रस्तुत गरेको बताउनुभयो ।

उहाँले भन्नुभयो,‘रामायणबाट धेरै कुरा जान्न सकिन्छ । सिक्न सकिन्छ । रामजीको चरित्रबाट भगवान राम आदर्श र असल पुत्र भएको जानकारी कथा रामायणले दिएको छ । उहाँ एक असल पुत्र, असल भाइ र असल श्रीमान् हुनुहुन्थ्यो भन्ने कुरा रामायण सिकाएको छ ।’

उतीबेला दुई तीन बिहे गर्ने चलन रहेको भएपनि भगवान रामले सीताका लागि धर्म निभाएको विषयलाई नजरअन्दाज गर्न नमिल्ने उहाँको भनाइ थियो ।

रामायणको हरेक भागबाट केही न केही सिक्न सकिने उल्लेख गर्नुहुँदै उहाँले भगवान रामको १४ वर्षे वनबास हुँदै रानी सीतालाई अयोध्या लिएर आएको कथाकै पेरिफेरिमा घुमेको उल्लेख गर्नुभयो ।

भारतीय लोकसभाकी पूर्वसांसदसमेत रहनुभएकी चिखिलिया टेलिभिजनसँगै बलिउड र मलायमल फिल्ममा समेत अभिनय गर्नुभएको छ । रामानन्द सागर निर्देशित ‘रामायण’ बाट उहाँ बढी लोकप्रिय हुनुहुन्छ ।

Share This:
सम्बन्धित खबर
Loading...