गण्डकी र कर्णालीको पहाडी भू-भागमा वर्षा, हिमपात र हावाहुरीको सम्भावना

17

काठमाडौँ, २४ चैत । आज देशको पहाडी भू–भागमा आंशिकदेखि साधारण बदली रही बाँकी भू–भागमा मौसम आंशिक बदलीदेखि मुख्यतया सफा रहने छ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको प्रभाव रहेको छ । शनिबार बिहानैदेखि गण्डकी र कर्णाली प्रदेशसहित देशको पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली भएको छ । बाँकी भू–भागमा भने मौसम आंशिक बदलीदेखि मुख्यतया सफा रहको छ।

आज दिउँसो गण्डकी र कर्णाली प्रदेशको पहाडी भू–भागको थोरै स्थानहरुमा र बाँकी पहाडी भू–भागको एक–दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ । देशको उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको पनि विभागले उल्लेख गरेको छ । गण्डकी, कर्णाली तथा सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराईका थोरै भू–भागमा हावा–हुरीको सम्भावना रहेको छ ।

शनिबार राति देशको पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ । गण्डकी र कर्णाली प्रदेशका पहाडी भू–भागका थोरै स्थानहरुमा मेघगर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ । कोशी, गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

Share This:
सम्बन्धित खबर
Loading...