१९ प्रहरी इन्सपेक्टरलाई डिएसपीमा बढुवा सिफारिस

52

काठमाडौँ, २२ चैत । प्रहरी प्रधान कार्यालयले नेपाल प्रहरीका १९ प्रहरी निरीक्षक (इन्सपेक्टर)लाई प्रहरी नायब उपरीक्षक (डिएसपी) मा बढुवाका लागि सिफारिस गरेको छ ।

बुधबार बसेको बढुवा समितिको बैठकले ९८ जनाबाट १९ जनालाई प्रहरी नियमावली २०७१ (संशोधनसहित) नियमावली २७ को उपनियम (४) अनुसार बढुवाका लागि सिफारिस गरेको बढुवा समितिका सदस्य सचिव तथा प्रहरी अतिरिक्त महानिरीक्षक टेकप्रसाद राईले जानकारी दिनुभयो ।

यसअघि २०७० सालमा निरीक्षक पदमा भर्ना भएका यही समूहका ४६ जनाको बढुवा गरिएको थियो ।

Share This:
सम्बन्धित खबर
Loading...