कर्णालीका मुख्यमन्त्री शर्माले आज विश्वासको मत लिने

40

सुर्खेत, २१ चैत । कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले आज विश्वासको मत लिँदै हुनुहुनछ । नेकपा (माओवादी केन्द्र) कर्णाली प्रदेश संसदीय दलको मंगलबार बसेको बैठकले मुख्यमन्त्री शर्माले विश्वासको मत लिने निर्णय गरेको थियो ।

माओवादी संसदीय दलका प्रमुख सचेतक रणसिंह परियारले मुख्यमन्त्रीले बुधबार विश्वासको मत लिने जानकारी दिनुभयो । उहाँका अनुसार मुख्यमन्त्री शर्माले विश्वासको मत लिएपछि एमालेलाई सत्ता हस्तान्तरण गर्न राजीनामा दिने हुनुभएको छ ।

‘विश्वासको मत लिने प्रक्रिया अगाडि बढिसकेको छ । सत्ता साझेदार दलहरूको तर्फबाट अहिले विश्वासको मत लिने र केन्द्रको सम्झौताको मर्म र भावनालाई कदर गरेर केही समयपछि सत्तालाई जसले पाउने भएको छ, उसलाई दिने निर्णय भयो,’ मंगलबारको बैठक सुनाउँदै प्रमुख सचेतक परियारले भन्नुभयो ।

केन्द्रमा कर्णालीमा मुख्यमन्त्री एमालेलाई दिने सहमति भएपछि प्रधानमन्त्री पुष्पकमल दाहालले नै मुख्यमन्त्री शर्मालाई राजीनामा दिन दबाब दिनुभएको थियो । तर, उहाँले विश्वासको मत लिएर मात्रै कुर्सी छोड्ने अडान लिनुभयो ।

उहाँको अडानपछि एमालेले पनि उहाँलाई विश्वासको मत दिने र त्यसपछि मुख्यमन्त्रीबाट शर्माले राजीनामा गर्ने सर्तमा तयार भएको हो ।

Share This:
सम्बन्धित खबर
Loading...