कोशी र गण्डकीमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना

19

काठमाडौँ, २० चैत । आज काठमाडौँ उपत्यकासहित देशभरको मौसम आंशिकदेखि साधारणतया बदली रहनेछ । जल तथा मौसम विज्ञान विभागका अनुसार पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभावका कारण मंगलबार पनि कोशी र गण्डकी प्रदेशका एक–दुई स्थानमा चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

दिउँसो कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भूभागमा आंशिकदेखि साधरणतया बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने मौसमविद्हरूले जनाएका छन् । त्यस्तै, कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

बेलुकी देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मुख्यतया सफा रहने विभागले जनाएको छ ।

Share This:
सम्बन्धित खबर
Loading...