एकअर्कासँग टाढिँदै प्रियंका र परिनीति

10

मुम्बई, १८ चैत । बलिउड अभिनेत्री प्रियंका चोपडा यतिबेला भारतमा छिन् । अमेरिकाबाट भारत आउनासाथ उनी चर्चामा छिन् । उनी भारत आएपछि होली पार्टीमा उपस्थितिदेखि अयोध्यामा राम ललाको दर्शक गर्ने कामसम्म पूरा गरिसकेकी छन् ।

हालैमात्र उनी आफन्त मन्नारा चोपडाको जन्मदिन पार्टीमा पुगेकी थिइन् । प्रियंकाले मन्नाराको परिवारसँग भेटिरहँदा त्यहाँ परिणीति चोपडालाई भने उनले भेटिनन् ।

परिणीतिलाई नै प्रियंकाले नभेटेपछि उनीहरुबीच सम्बन्ध बिग्रिएको चर्चा चुलिएको छ । उनीहरु निकटवर्तीका अनुसार प्रियंका र परिणीति एकअर्कासँग टाढिँदै गएका छन् ।

परिणीति र प्रियंका एकै सहरमा भए पनि उनीहरुले एकापसमा भेटघाट गरेका छैनन् । परिणीति प्रियंकासँग दुःखी छिन् ।

किनकी परिणीतिका विवाहमा प्रियंका नपुगेपछि प्रियंकासँग उनी दुःखी भएकी हुन् । यद्यपि, प्रियंकाले परिणीतिको इन्गेजमेन्टमा भने उपस्थिति जनाएकी थिइन् ।

मन्नारा प्रियंकासँग नजिक छिन् । उनी प्रियंकालाई आफ्नो प्रेरणा मान्छिन् । मन्नाराले आफ्नो जन्मदिनमा प्रियंका र निक जोनासलाई निम्तो दिएकी थिइन् ।

तर, उनले परिणीतिलाई भने बोलाइनन् । प्रियंकाको उपस्थिति हुने भएपछि मन्नाराले परिणीतिलाई निम्तो नदिएको निकट स्रोतले जनाएको छ ।

Share This:
सम्बन्धित खबर
Loading...