कोलकाताको लगातार दोस्रो जित

26

काठमाडौँ, १७ चैत । इन्डियन प्रिमियर लिग (आइपिएल)मा कोलकाता नाइट राइडर्स (केकेआर)ले लगातार दोस्रो जित निकालेको छ । शुक्रबार राति भएको खेलमा कोलकाताले रोयल च्यालेन्जर्स बेंगलुरु (आरसिबी) लाई ७ विकेटले पराजित गरेको हो ।

आरसिबीले पहिला ब्याटिङ गर्दै निर्धारित ओभरमा ६ विकेटको क्षतिमा १८२ रन बनाएको थियो । केकेआरले ३ विकेट गुमाएर १६.५ ओभरमा लक्ष्य पूरा ग र्‍यो ।

टस हारेर पहिला ब्याटिङ गरेको आरसिबीको सुरुवाआत भने खास रहेन । आरसिबीका कप्तान फाफ डु प्लेसिस जम्मा ८ रन बनाएर आउट भएका थिए । त्यसपछि विराट कोहली र क्यामरन ग्रीन मिलेर आरसिबीको पारि सम्हाले । यी दुई खेलाडीले ४२ बलमा ६५ रनको साझेदारी गरेका थिए । दोस्रो विकेटको रुपमा ग्रीन २१ बलमा ३३ रन बनाएर आउट भए । उनी आउट हुँदा आरसीबीले ९ ओभरमा ८२ रन बनाएको थियो ।

एक छेउमा डटेका कोहलीलाई साथ दिन ग्लेन म्याक्सवेल क्रिजमा आएका थिए । दुई पटक जीवनदान पाएका म्याक्सवेलले १९ बलमा २८ रनको जोडेर आउट भए । त्यसपछि रजत पटिदार र अनुज रावत तीन तीन रनमा आउट भए । अन्त्यमा विराट कोहली र दिनेश कार्तिकले आरसिबीको स्कोर १८२ रन बनाए । कार्तिकले ८ बलमा २० रन बनाउँदा तीन छक्का प्रहार गरे । उनी अन्तिम बलमा रनआउट भएका थिए । उता, विराट कोहलीले भने ५९ बलमा चार छक्का र चार चौकाको मद्धतले ८३ रनको नटआउट पारि खेले ।

केकेआरका लागि हर्षित राणा र आन्द्रे रसेलले समान २-२ विकेट लिए ।

१८३ रनको लक्ष्यसहित मैदान उत्रिएको कोलकाताले उत्कृष्ट सुरुवात गरेको थियो । पहिलो विकेटका लागि फील साल्ट र सुनिल नारायनले ८६ रनको साझेदारी गरे । केकेआरले ६.३ ओभरमा सुनिल नारेनलाई गुमाएको थियो । उनी २२ बलमा ४७ रन बनाएर पभेलियन फर्किए । आफ्नो पारिमा पाँच छक्का र दुई चौका प्रहार गरे । त्यसपछि फिल साल्ट दोस्रो विकेटको रुपमा आउट भए । उनले २० बलमा ३० रन बनाउँदा दुई दुई चौका र छक्का प्रहार गरे ।

बेंकटेश अय्यरले ३० बलमा ५० रनको अर्धशतकीय पारी खेल्दा केकेआर जित नजिक पुगेको थियो । उनलाई कप्तान श्रीयस अय्यरले साथ दिए । बेंकटेश आउट हुँदा १५.१ ओभरमा केकेआरले १६७ रन बनाएको थियो । त्यसपछि श्रीयस र रिंकु सिंहले केकेआरलाई सहज जित दिलाए । श्रीयसले २४ बलमा ३९ रनको नटआउट पारि खेल्दा दुई चौका र दुई छक्का प्रहार गरे । रिंकु सिंह ५ रनमा नटआउट रहे ।

आरसिबीका यस दयाल, मयंक डागर र बिजयकुमारले समान एक/एक विकेट लिए ।

जारी प्रतियोगितामा कोलकाता लगातार दोस्रो जितका साथ दोस्रो स्थानमा रहेको छ । यसैगरी आरसिबी भने तीन खेल खेल्दा दोस्रो हार व्यहोरेको छ ।

आइपिएलअन्तर्गत आज लखनऊ सुपर जायन्टस र पञ्जाव किंग्स भिड्दै छन् । लखनऊ पहिलो जितको खोजिमा हुँदा पञ्जाव दोस्रो जित निकाल्ने लक्ष्यमा हुने छ ।

Share This:
सम्बन्धित खबर
Loading...