नेपाल ‘ए’ आयरल्यान्ड वुल्भ्ससँग पराजित

34

काठमाडौँ, १६ चैत । लोकेश बमले शतक बनाएको आयरल्यान्ड (वुल्भ्स) विरुद्धको पहिलो टी-२० क्रिकेटमा नेपाल ‘ए’ पराजित भएको छ ।

त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा शुक्रबार भएको खेलमा नेपाल लक्ष्य पच्छ्याउने क्रममा २१ रनले पराजित भएको हो ।

आयरल्यान्डले पहिला ब्याटिङ गर्दै निर्धारित ओभरमा ५ विकेट गुमाएर २२२ रन बनाएको थियो । आयरल्यान्डका पिटर मोरले ४९ रन बनाउँदा केड कार्मिचेल र निल रकले ३८–३८ रन बनाएका थिए ।

यसैगरी स्टेफन दहानीले ३४ रन जोड्दा ग्रेथ डेलनीले ३० तथा गाभिन होएले १८ रनको टआउट पारि खेले । नेपालका कमलसिंह ऐरीले सर्वाधिक ३ विकेट लिँदा सागर ढकाल र आरिफ शेखले एक-एक विकेट लिए ।

२२३ रनको विशाल लक्ष्य पछ्याएको नेपालका लागि ओपनर लोकेश बलमे शतकीय पारि खेले पनि उनले साथ पाएनन् । लोकेशले ५६ बल फेस गर्दा ८ छक्का र ९ चौकाको मद्दतले १०६ रनको शानदार पारि खेले । कप्तान विनोद भण्डारी १६ रन बनाएर आउट भए भने आरिफ शेखले मिडल अर्डरमा ४९ रनको पारि खेले ।

अन्य खेलाडीले दोहोरो अंकमा रन कटाउन नसक्दा नेपाल अन्ततः १९.३ ओभरमा सवै विकेट गुमाएर २०१ रनमा रोकियो । नेपालका देव खनाल, रसिद खान, कमलसिंह ऐरी र हेमन्त धामीले खाता खोल्न सकेनन् । अर्जुन घर्ती ३, बसिर अहमद ३, किरण ठगुन्ना २ तथा सागर ढकालले १ रन बनाए ।

आयरल्यान्डका फिनोन हान्ड र म्याथ्यु हमप्रेसले तीन/तीन विकेट लिए भने म्याथ्यु फोस्टरले दुई विकेट हात पारे । जितसँगै आयरल्यान्ड वुल्भ्सले तीन खेलको टी-२० सिरिजमा १–० को अग्रता लिएको छ ।

Share This:
सम्बन्धित खबर
Loading...