नेप्सेमा १०.८३ अंकको गिरावट

10

काठमाडौँ, १४ चैत । सेयर बजार परिसूचक नेप्सेमा बुधबार दोहोरो अंकको गिरावट छ । मंगलबार १०.१४ अंकले बढेर २०४१.७० बिन्दुमा पुगेको नेप्से परिसूचक आज १०.८३ अंकले घटेर २०३०.८६ बिन्दुमा रह्यो ।

सोमबार दोहोरो अंकको गिरावट आएको बजारमा मंगलबार सूचकमा सुधार भए पनि कारोबार रकम बढ्न सकेको थिएन । बुधबार अझ घटेको छ । कारोबार रकम २ अर्ब २३ करोड ५४ लाख रुपैयाँमा सीमित भएको छ । यो हिजोका तुलनामा १२ करोडले घटेको हो ।

१३ उपसमूहमा उत्पादन तथा प्रशोधनबाहेक सबै घट्दा उपसमूहसँगै कारोबार घटेको हो । व्यापार उपसमूह सर्वाधिक १.६० प्रतिशतले घटेको छ ।

आज ५१ कम्पनीका सेयरमूल्य बढेको छ भने १८८ कम्पनीको घटेको छ । ६ कम्पनीको सेयरमूल्य स्थिर रह्यो ।

सर्वोत्तम सिमेन्टका सेयरमा छैटौँ दिन पोजेटिभ सर्किट लागेको छ । बुक बिल्डिङबाट सेयर जारी गरेको उक्त कम्पनीको सेयर प्रति कित्ता ९८४ रुपैयाँ पुगेको छ ।

Share This:
सम्बन्धित खबर
Loading...