‘विमानस्थलबाट विदेशिएको देख्नेले सिमानाबाट बाहिरिनेको लस्कर किन नदेखेको ?’

14

काठमाडौँ, १४ चैत । श्रम रोजगार तथा समाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा विदेशिने लस्कर देख्नेले खुला सीमाबाट बाहिरिने नेपालीको लस्कर देख्न नसकेको गुनासो गर्नुभएको छ ।

बुधबार काठमाडौंमा राष्ट्रिय स्वतन्त्र पार्टीद्वारा आयोजित कर्णाली विशेष अभियान कार्यक्रममा बोल्नुहुँदै उहाँले विमानस्थलमा विदेशिनेको लस्कर देख्नेले खुला सिमानाबाट बाहिरीने नेपाली लस्कर देख्न नसकेको भन्दै खुला सिमानाबाट बाहिर जाने नेपालीहरुको समाचार बनाएर सरोकारवालाको ध्यानाकर्षण गराउन सञ्चारकर्मीहरुलाई आग्रह गर्नुभयो ।

राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति समेत रहनुभएका उहाँले भन्नुभयो,‘सामाजि सञ्जालबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट विदेशिने लस्करको तस्बिरहरु हामी थुप्रै देख्न सक्छौँ । तर हाम्रो खुला सिमाना भएको कारण त्यहाँबाट थुपै नेपाली बाहिर गइरहेको तस्बिरहरु हामी देख्न सक्दैनौँ । त्यसैले मेरो अनुरोध छ सञ्चारकर्मीहरुलाई खुला बोर्डरबाट बाहिर जाने नेपालीहरुको लावालस्कर पनि हामीले समाचार बनाउन सक्यौँ भने नीति निर्माताहरु झस्किन सक्छन् ।’

उहाँले काठमाडौँमा बसेर नेतृत्व गर्ने र सिंहदरबारमा बसेर फाइलहरु बनाउँदै गर्दा भूगोललाई भने बुझ्न नसकेको धारणा राख्नुभयो । कर्णालीको शिक्षा, बेरोजगार र दुःखमा मात्र बहस नगरी त्यहाँको सम्भावनाहरु रोजगारी सिर्जना हुनसक्ने त्यहाँका अथाह जडीबुटीहरुलाई चिन्न सक्नुपर्ने उहाँको भनाइ छ ।

Share This:
सम्बन्धित खबर
Loading...